Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलद्वारा विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

एनसेलद्वारा विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार २२औँ फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ । अन्नपूर्ण होटलको पुलसाइडमा सम्भवतः नेपालमा अहिलेसम्मकै ठूलो स्क्रिनहरुमध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा एक हजार नौ सयभन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति थियो ।

कार्यक्रमस्थलमा दुई ठूला डिजिटल स्क्रिनबाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलखेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो । एनसेलको पाँच सय ९९ रुपैयाँमा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पास पाएका थिए । थपिएको ३० मिनेटमा ३–३ को बराबरी भएपछि टाइब्रेकरमा साबिकको विजेता फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकपको उपाधि जितेको थियो । मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारणपूर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुतीमार्फत गीतसंगीतको आनन्द लिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x