Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्फोडेभलपर्सद्वारा महिला कर्मचारी सम्मानित

इन्फोडेभलपर्सद्वारा महिला कर्मचारी सम्मानित


काठमाडौं । इन्फोडेभलपर्स प्रालिले कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कम्पनीले एक कार्यक्रमको आयोजना गरी तीन वर्षभन्दा बढी योगदान गरेका महिला कर्मचारीहरुलाई सम्मान गरेको हो ।

इन्फोडेभलपर्समा सफ्टवेयर डेभलपमेन्ट, प्लानिङ, सेल्स, मार्केटिङ, सपोर्टलगायतका विभागहरुमा १०६ जना महिला कर्मचारीहरु काम गरिरहेका छन् । सम्मान प्राप्त गर्ने कर्मचारीहरुमा अनु खड्का, बिन्दु प्रधान, दिक्षा शाक्य, लसता तुलाधर, मनिषा खनाल, निश्मा काफ्ले, रेनुका खड्का, सन्जु मगर, श्रेया तामाङ, श्रीस्टिना नकर्मी, सुश्मिता राई रहेका छन् । उक्त कार्यक्रममा सम्मानको अतिरिक्त कर्मचारीहरुद्वारा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत डा. राजिब सुब्बाले सुरुका दिनहरुमा सफ्टवेयर डेभलपमेन्ट, कोड लेख्ने काम महिलाहरुले गर्दै आएकोमा हाल आईसीटीको क्षेत्रमा काम गर्ने महिलाहरुको संख्या कम हुँदै गएको बताए । विश्वबजारमा नै आईसीटी क्षेत्रमा २२ प्रतिशत महिलाले काम गर्दै आइरहेको इन्फोडेभलपर्समा भने कम्तीमा ३० प्रतिशतभन्दा बढी महिला कर्मचारीहरु हुनु आफैँमा गौरवको विषय भएको उनको भनाइ थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले कम्पनीमा कुनै पनि सेवा, सुविधा र जिम्मेवारीमा महिला र पुरुष भनेर भेदभाव नहुने बताए । इन्फोडेभलभर्सले आगामी २/३ वर्षमै महिला कर्मचारीहरुको संख्या ३५ प्रतिशतभन्दा माथि पु-याउने लक्ष्य पनि राखेको छ । सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि सहकारी र लघुवित्तका लागि कोर बैंकिङ सोलुसन विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन तीन सय ५० बढी कर्मचारीहरुले काम गरिरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया