Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेन्टको तीन मोडलका वाटर प्युरिफायर नेपाली बजारमा

केन्टको तीन मोडलका वाटर प्युरिफायर नेपाली बजारमा


काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएल प्रालिले नेपालमा आफ्ना तीन मोडलका नयाँ वाटर प्युरिफायर सार्वजनिक गरेको छ । कम्पनीले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडेल नेपाली बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार केन्ट पर्ल स्टार एक उत्कृस्ट आरओ वाटर प्युरिफायर हो, यसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाहदर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ । यसले आरओ प्लस युभी प्लस युएफ प्लस टीडीएस नियन्त्रणको बहुविध शुद्धीकरण प्रक्रियाहरूद्वारा पानीलाई शतप्रतिशत शुद्ध बनाउने कम्पनीले जनाएको छ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइडजस्ता विघटित अशुद्धताहरू हटाई पानीमा भएका ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ । पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत् राख्छ । साथै, यसमा झन्झटमुक्त सफाइ र स्वच्छ उपभोगको लागि पारदर्शी भण्डारण ट्यांकी छ जुन झिकेर सफा गर्न सकिन्छ । यो प्युरिफायर खारा, धारा र नगरपालिकाको पानीलाई शुद्ध गर्नको लागि उपयुक्त छ । केन्ट पर्ल स्टारको बजारको मूल्य ४९ हजार नौ सय ९९ रुपैयाँ छ ।

यस्तै क्रिस्टल सिरिजको स्टार, केन्ट क्रिस्टल स्टारमा शुद्धताको डिजिटल डिस्प्ले सुविधा छ । यसले आरओ प्लस युभीको बहुविध शुद्धीकरण प्रक्रिया प्रयोग गर्दछ । साथै यसको युएफ प्लस टीडीएस कन्ट्रोलले पानीलाई शतप्रतिशत शुद्ध बनाउनका लागि आवश्यक प्राकृतिक खनिजहरू कायम राख्छ । साथै, यसको भण्डारण ट्यांकीमा रहेको युभी एलईडीले शुद्ध पानी ब्याक्टेरियामुक्त र शुद्ध राख्छ । केन्ट क्रिस्टल स्टारको बजारको मूल्य ४८ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

यसैगरी कम्पनीको केन्ट क्रिस्टल प्लस आरओ प्लस युभी प्लस युएफ प्लस टीडीएस कन्ट्रोल प्लस ट्यांकीमा भएको युभी लाइटद्वारा शुद्धीकरण प्रक्रिया भएको नेक्स्ट जेन आरओ वाटर प्युरिफायर हो । मिनरल आरओ टीएम टेक्नोलोजीले सुसज्जित, यो प्युरिफायरले इनबिल्ट टीडीएस कन्ट्रोलर प्रयोग गरी शुद्ध पानीमा आवश्यक प्राकृतिक खनिजहरू यथावत् राख्छ । केन्ट क्रिस्टल प्लसको बजारको मूल्य ३५ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

केन्ट आरओ प्युरिफायरहरूलाई डब्ल्यूक्यूएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सिल र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ । केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया