Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

आईएमई २३औँ वर्षमा


काठमाडौं । आईएमई लिमिटेड आफ्नो स्थापनाको २३औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले सो अवसरमा सोमबार ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा आईएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले ग्राहकको रोजाई, आवश्यकता तथा बजारको गतिशील भइरहेको उल्लेख गर्दै अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजाने बताए । प्रबन्ध निर्देशक ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्राई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आईएमई प्रतिबद्ध रहेको र आफ्ना व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने उल्लेख गरे । सोही अवसरमा आईएमई लिमिटेडका सञ्चालक तथा आईएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रवद्र्धन गरी रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरणतर्फ लैजाने बताए ।

यस्तै, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको जानकारी दिए । यस्तै, उनले आगामी दिनमा पनि आफ्ना विविधिकृत सेवाहरूको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्षरूपमा जोडिँदै अघि बढ्ने बताए । उक्त समारोहमा कम्पनीमा १० वर्षभन्दा लामो समयदेखि सेवारत कर्मचारीहरू तथा लामो समयदेखि कम्पनीमा आबद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो ।

त्यसै गरी वार्षिकोत्सवको अवसर पारेर अयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । कलाकार तथा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय दीपकराज गिरी तथा दिपाश्री निरौलाको समेत सहभागिता रहेको सो समारोहमा कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति तथा कम्पनीका कर्मचारीहरूको विभिन्न सांस्कृतिक प्रस्तुति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया