प्राइम कमर्सियल बैंकको कामु सीईओमा मानन्धर
काठमाडौं । प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदमा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको साउन १७ गते बुधबार बसेको बैठकले बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मानन्धरलाई नियुक्त गरेको हो ।
बैंकको स्थापना कालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रूपमा व्यवस्थापकीय नेतृत्वमा रहेका नारायणदास मानन्धरको कार्यकाल यही साउन १६ गते समाप्त भएकाले बैंकको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कामु सीईओमा मानन्धरलाई नियुक्त गरेको बैंकले जनाएको छ ।
मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ क्यारियर सुरु गरेका चार्टर्ड एकाउन्टेन्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन् । अवकाशप्राप्त नारायणदास मानन्धर विगत १६ वर्षदेखि बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै अध्यक्ष राजेन्द्रदास श्रेष्ठले यस बैंकलाई नयाँ उचाइमा पु¥याउन नारायणदास मानन्धरको उल्लेख्य भूमिका रहेको धारणा राखे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया