कामना सेवा र सन सेक्युरिटिजबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकल र धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिजबीच सम्झौता भएको छ । बुधबार सम्झौता गरी फाइभ इन वान सेवा सम्बन्धमा सम्झौता गरेको हो । यो सम्झौतापश्चात बैंकका ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्ने बताइएको छ ।
उक्त सेवामार्फत् आफ्ना ग्राहकहरूले सरलरूपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरू उपलब्ध गराएको हो । काठमाडौंको ३० नं वडामा पर्ने ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरूमा एक सय ३४ वटा शाखा, एउटा विस्तारित शाखा र २१ शाखारहित बैंकिङ सेवा तथा ७६ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया