अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक : गभर्नर अधिकारी
काठमाडौं । बिहीबार काठमाडौँमा भएको ३९ औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताएका छन् ।
उनले सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको सङ्कट असर, कोभिड–१९, रुस–युक्रेन युद्ध जस्ता दुई ठुला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भूकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्वटेबल रहेको बताए ।
उनले कोभिड–१९ महामारीले बैङ्किङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैङ्किङ क्षेत्रको सहयोग र राष्ट्र बैङ्कको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उल्लेख गरे ।
उनले राष्ट्र बैङ्कले अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनको कारण अर्थतन्त्र सङ्कटबाट बचाउन सकिएको जानकारी दिदैं बैङ्किङ प्रणालीले सबै सङ्कटहरू समाधान गर्दै आएकाले नेपालको बैङ्किङ क्षेत्र सुरक्षित रहेको पनि बताए ।
गभर्नर अधिकारीले यतिबेला विश्व बजारका बैङ्किङ क्षेत्रमा ठुलो चुनौती देखिएको जानकारी दिए । उनले पछिल्लो समयमा मुद्रास्फीति बढिरहेको र विभिन्न मुलुकहरूले महँगीको सामना गरेको बताए । उनले दक्षिण एसियामा वित्तीय पहुँच बढ्दै गएको बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया