नेपाल एग्रो लघुुवित्तको नाफा ६८ लाख १० हजार
काठमाडौँ जेठ ८
नेपाल एग्रो लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६८ लाख १० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ९१ लाख २४ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी पाँच करोड ७२ लाख ४४ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २४ करोड ४८ लाख ५६ हजार रूपैयाँ निक्षेप संकलन गरी ७१ करोड पाँच लाख ८५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुुई करोड ८९ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले १७ करोड २८ लाख ९५ हजार रूपैयाँ निक्षेप संंकलन गरी ५८ करोड तीन लाख ३४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड तीन लाख ११ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
- लाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु
- १६औँ योजनामा आर्थिक वृद्धिको लक्ष्य घटाइयो
- बजेटको आधार नबढाउन सात पूर्वअर्थमन्त्रीको सुझाव
- ‘निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ’
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया