Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअधिक तरलता नियन्त्रण गर्न ३५ अर्ब तान्दै राष्ट्र बैंक

अधिक तरलता नियन्त्रण गर्न ३५ अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं । बैंकिङ क्षेत्रमा अहिले ६० खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप छ । यसमध्ये बैंक तथा वित्तीय संस्थाले ५० खर्ब पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले कुल निक्षेपको ९० प्रतिशत अर्थात् ५४ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न पाउँछन् । आर्थिक मन्दीले गर्दा कर्जाको माग न्यून छ । बैंकहरुसँग चार खर्ब २५ अर्ब रुपैयाँ अधिक तरलता छ ।

वित्तीय प्रणालीमा अधिक तरलता हुनु अर्थतन्त्रका लागि राम्रो होइन । यस्तो बेला राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत निक्षेप खिचेर व्यवस्थापन गर्ने गर्दछ । सोहीअनुसार बुधबार पनि केन्द्रीय बैंकले ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो । यो पैसा निक्षेप संकलन उपकरण बिक्री गरी १४ दिनका लागि तान्नेछ ।

अहिले वाणिज्य बैंकहरुमा मात्र रहेको कुल निक्षेप ५३ खर्ब ४२ अर्ब रुपैयाँ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप छ खर्ब ९२ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको मात्रै ४४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले पाँच खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ८० दशमलव १८ प्रतिशत छ । अर्थतन्त्र चलायमान बन्न नसक्दा कर्जाको नयाँ माग भएको छैन । निक्षेप बढ्दै जाने तर कर्जा प्रवाह नहुने स्थितिले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको हो ।

राष्ट्र बैंकले आज बुधबार अपराह्न दुई बजेसम्म १४ दिनका लागि बोलकबोलको माध्यमद्वारा ३५ अर्ब रुपैयाँको मौद्रिक उपकरण बिक्री गर्न लागेको हो । पुस ११ गते संकलन हुने निक्षेप पुस २५ गते परिपक्व हुनेछ । यो उपकरण वाणिज्य बैंक, विकास बैंक र फाइनानस कम्पनीले खरिद गर्न पाउनेछन् ।

खरिदकर्ताहरुले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुुल आह्वान रकमसम्म निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । यो निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया