Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको लाभांश पारित

मुक्तिनाथ विकास बैंकको लाभांश पारित


काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । शनिवार सम्पन्न वार्षिक साधाणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १० दशमलव २६ प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो । उक्त लाभांशमध्ये नौ दशमलव ७५ प्रतिशत बोनस सेयर र बाँकी शून्य दशमलव ५१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । बैंकले सोही सभामार्फत आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरू पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरूबाट सल्लाह सुझाव र जिज्ञासाहरू आएका थिए । सेयरधनीहरूबाट आएका जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पारेका थिए । सोही समारोहमा बैंकका पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए ।

सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया