Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स फाइनान्स र मेडिप्लस अस्पतालबीच सहकार्य

रिलायन्स फाइनान्स र मेडिप्लस अस्पतालबीच सहकार्य


काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र मेडिप्लस हस्पिटलबीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका लागि सम्झौता भएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग सम्झौता गरेको हो ।

यो सम्झौतापछि रिलायन्स फाइनान्स लिमिटेडका सेयरधनी, कर्मचारी कर्मचारीका परिवार तथा ग्राहकलाई हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै, हस्पिटलका सेयर सदस्य, संस्थामा कार्यरत डाक्टर तथा कर्मचारीहरूले रिलायन्सले प्रदान गरेको वित्तीय सेवाहरू सर्वसुलभ दरमा प्राप्त गर्नेछन् । सम्झौता पत्रमा रिलायन्स फाइनान्स लिमिटेडको तर्फबाट पोखरा शाखा प्रबन्धक प्रकाश पौडेल र मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालिको तर्फबाट प्रबन्धक सुरेशराज सुवेदीले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६ मंसिर १० मा प्राप्त गरी मिति २०६६ मंसिर १८ बाट संस्थाको केन्द्रीय कार्यालय प्रदर्शनी मार्गबाट आफ्नो कारोबार सुरु गर्दै आएको यस संस्थाले हाल कामनपा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालयसहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ । संस्थाले न्युरोड काठमाडौं, सीतापाइला काठमाडौं, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, बेँशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणिग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरिया कैलाली, दमक झापा, बिर्तामोड झापा, धुलाबारी झापा र टाँडी चितवनमा शाखा कार्यालय गरी जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया