Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति क्यापिटलको नयाँ योजना

ज्योति क्यापिटलको नयाँ योजना


काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवसको अवसरमा ‘ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ ।

सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो सर्त भएको तथ्यलाई आत्मसाथ गरी ज्योति क्यापिटलले नेपाली सेनाको सम्मानमा यो योजना ल्याएको हो । योजना अवधिभर नेपाली सेनाले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउने छ ।

ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा क्लिक गरी खोल्न सकिनेछ । उक्त योजना मिति २०८० फागुन २४ गतेदेखि २०८० फाल्गुण ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयबाट प्राप्त गर्न सकिने छ ।

हरेक ग्राहकहरूको सम्पन्नताको सहयात्री बन्ने अभिलासा बोकेको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । साथै, ज्योति विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया