Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगोर्खाज फाइनान्सको खुद नाफामा वृद्धि

गोर्खाज फाइनान्सको खुद नाफामा वृद्धि


काठमाडौं । गोर्खाज फाइनान्सको खुद मुनाफामा उच्च वृद्धि भएको छ । फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १२ करोड १६ लाख पाँच हजार सात सय १९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा छ करोड ७१ लाख ५७ हजार ९७ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ८६ करोड ७९ लाख ९८ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्र्षको दोस्रो त्रैमासमा आठ अर्ब २६ करोड ७५ लाख १७ हजार पाँच सय ७४ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७९ करोड १२ लाख ६९ हजार एक सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ३० लाख ८६ हजार पाँच सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ५१ करोड ९४ लाख ४६ हजार नौ सय ५२ रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ५६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा फाइनान्सले सात अर्ब ७२ करोड ८४ लाख ४९ हजार तीन सय ९० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ७७ लाख ६८ हजार आठ सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । खुद ब्याज आम्दानी १७ करोड ३५ लाख ९७ हजार नौ सय ३० रुपैयाँ रहेको फाइनान्समा छ दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा दुई करोड ४९ लाख ४० हजार नौ सय ७८ रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ७७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया