Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपोखरा फाइनान्सको वार्षिकोत्सवको अवसरमा रक्तदान

पोखरा फाइनान्सको वार्षिकोत्सवको अवसरमा रक्तदान


पोखरा । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाईनान्स लिमिटेडले शुक्रबार आफ्नो २७ औ वार्षिकोत्सव मनाएको छ । २०५३ सालदेखि आफ्नोे बैकिङ कारोबार सुरू गरी निरन्तर सञ्चालित राष्ट्रियस्तरको पोखरा फाइनान्स नेपाल अधिराज्यभर सञ्चालित फाइनान्सहरूमध्ये पुरानो र स्थापित फाइनान्समा पर्छ ।

२७औँ वार्षिकोत्सवको अवसरमा फाइनान्सले आज बिहान प्रधान कार्यालय न्यूरोड पोखराको प्राङ्गणमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए । २७औँ वर्षसम्म आइपुग्दा फाइनान्सले ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त बैंकिङ सुविधासहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कामहरूमा समेत सहभागी भई सामाजिक कार्यहरूलाई उच्च प्राथमिकता दिँदै अघि बढिरहेको बताएको छ ।वित्तीय संस्थाको हाल अधिकृत पुँजी एक अर्ब ५० करोड रहेको छ । जारी तथा चुक्ता पुँजी एक अर्ब आठ करोड रहेको छ । यस वित्तीय संस्थाको हालसम्म देशका विभिन्न ठाउँहरूमा २४ वटा शाखा सञ्जाल, एउटा एक्स्टेन्सन काउन्टर र चार वटा एटीएम सञ्चालनमा रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिएका छन् । संस्थाको २७औँ वर्षसम्मको निरन्तर यात्रामा सद्भाव, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकहरू, सेयरधनी, शुभचिन्तक एवम् कर्मचारी तथा नियामक निकायप्रति फाइनान्सका अध्यक्ष राजकुमार गुरूङले कृतज्ञता व्यक्त गरेका छन् । त्यसैगरी आगामी दिनहरूमा समेत आफ्ना ग्राहकहरूलाई छिटो, छरितो, सुरक्षित एवम् सुदृढ सेवा प्रदान गर्न फाइनान्स तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया