Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफको लिगेसी ट्रिज कार्यक्रम

मेटलाइफको लिगेसी ट्रिज कार्यक्रम


काठमाडौं । मेटलाइफ नेपालले आफ्नो लिगेसी ट्रि कार्यक्रमको आधिकारिक सुरुवातको घोषणा गरेको छ, जहाँ कम्पनीले जीवन बीमा मृत्यु दाबी भुक्तानी गरेको प्रत्येक प्रियजनको सम्मानमा एउटा रुख रोप्ने वाचा गर्छ । रूखले बीमितको स्मृतिलाई सम्मान गर्छ, साथै वन विनाशको लडाइँ, सफा हावा र जनावरहरूको लागि बासस्थान र भूमि संरक्षण प्रदान गर्छ ।

जीवन बीमा दाबी भुक्तानी गरेपछि कम्पनीले प्रत्येक लाभार्थीलाई उनीहरूको आफ्नो प्रियजनको सम्झनामा रूख रोपिएको सूचित गर्ने पत्र प्रदान गरिनेछ । मृतकलाई सम्मान गर्नुका साथै कार्यक्रमअन्तर्गत रोपिएका रुखहरूले बारा जिल्लाको पुनरुत्थानको प्रयासमा योगदान पुर्याउने र भावी पुस्तालाई पनि फाइदा पुग्ने बताइएको छ ।

आर्बर डे फाउन्डेसन र उनीहरूको कार्यान्वयन साझेदार इकोकल्चरले यस कार्यक्रम सञ्चालन गर्नेछ । २०२३ को अन्त्यमा कार्यक्रम सुरु भएदेखि यस क्षेत्रको इकोसिस्टमलाई सहयोग गर्दै बारामा सात हजार रुख रोपिएका छन् । जब बिरुवाहरूले जरा लिन्छ र आकाशमा पुग्छ । तिनीहरूले आशा र सामूहिक कार्यको शक्तिको प्रतीक बनाउँछन्, जसले आगामी पुस्ताहरूका लागि हरियाली, अझ समृद्ध भविष्य सुनिश्चित गर्छ ।

बाराले वन फँडानी र नदीजन्य उत्खननले परिस्थितिक विनाशको चपेटामा परेको छ । जसले वातावरणीय पूर्वाधारलाई खतरामा पारेको छ । कटानले सडक र बिजुलीका पोलहरू जोखिममा पारेका छन्, जबकि बाढी र नदीको क्षतिले घरहरू, व्यवसायहरू र ताजा पानीको आपूर्तिलाई जोखिममा पारेको छ । लिगेसी ट्री कार्यक्रममार्फत रोपिएका सात हजार रूखहरू आर्बर डे फाउन्डेसनले लगभग सात सय ६४ मेट्रिक टन कार्बन डाइअक्साइड निकाल्ने, लगभग तीन हजार दुई सय २० ग्यालन पानीको बहावलाई रोक्न र ४० वर्षमा लगभग ११ दशमलव ८८ टन वायु प्रदूषकहरू हटाउने अनुमान गरेको छ । मेटलाइफको दिगोपन प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दै पुनरुत्थान पहलले दीर्घकालीन रोजगारी, सामुदायिक सहयोग र वातावरणीय तालिम सञ्चालन गर्ने लक्ष्य पनि राखेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया