Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा विद्यार्थीहरूलाई पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीहरूलाई पोशाक वितरण


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शारदा माध्यामिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीहरूलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने हेतुले बैंकले विद्यालय पोशाक प्रदान गरेको हो ।

विद्यालयमा सोमबार आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप विद्यार्थीहरूलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले विद्यार्थीहरू देशको भविष्यका कर्णधार भएका र उनीहरूलाई सानो भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको कुरा व्यक्त गरे ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप सात शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया