Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको १२औं वार्षिकोत्सव

ज्योति विकास बैंकको १२औं वार्षिकोत्सव


काठमाडौँ, साउन ११
ज्योति विकास बैंकले शुक्रबारको दिन स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ । हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिकोरुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा सेयरधनी धु्रव उप्रेती, संस्थापक सेयरधनी तथा भुतपूर्व अध्यक्ष धु्रव कुमार भट्टराई र संस्थापक सेयरधनी हरि प्रसादको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका थिए ।

सोही समारोहमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको न्यानो नानी परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ । नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा न्यानो नानी बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष खड्काले राष्ट्रिय आविष्कार केन्द्रको न्यानो नानी परियोजनाको लागि आठ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंक अझ सफल रुपमा विस्तारित हुँदै ग्राहकवर्ग, सेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताए । अध्यक्ष खड्काले बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २५ छुटको व्यवस्थालाई विना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी पनि गराए ।

१२औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत चारवटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ । कार्यक्रमका विशिष्ट अतिथि हरि प्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखास्थित बैंकको ६१ औं एटीएमको पनि डिजिटल उद्घाट गरेका थिए । वार्षिकोत्सवकै अवसरमा ग्राहकलाई सेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले डि पि सेवा सुचारु गरेको छ । सो सेवा बैंकको देशभरिको एक सय पाँच वटै शाखाबाट उपलब्ध हुने छ ।

सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले संयुक्तरुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मुल्य मान्यताहरुको अधीनमा रहि अझ सफलताउन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए ।

बैंकले हाल एक सय पाँच वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले तीन लाख भन्दा बढी खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x