Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १५ सय ५० अंकमा

सेयर बजार परिसूचक १५ सय ५० अंकमा


काठमाडौं  ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन सात दशमलव २१ अंकले ओरालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार तीन दशमलव १९ अंकले ओरालो लागेर १५ सय ५० दशमलव ४३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६४ अंकले ओरालो लागेर तीन सय सात दशमलव १७ अंकमा झरेको छ ।

यसदिन कुल एक सय ९० कम्पनीहरूको कारोबार भएका छन् । ती कम्पनीहरूको ३६ हजार दुई सय ८२ पटकको कारोबारमा ८० लाख १९ हजार छ सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९४ रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार चारवटा समूहको सूचक उकालो लागेका छन् भने आठवटा समूहको सूचक ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव १७ अंकले ओरालो लागेर १२ सय ३९ दशमलव ६१ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ५१ दशमलव ५५ अंकले ओरालो लागेर सात हजार सात सय ११ दशमलव ६३ अंकमा झरेको छ ।

यसैगरी लघुुवित्त समूहको सूचक छ पनि छ दशमलव ८७ अंकले ओरालो लागेर दुुई हजार पाँच सय ३६ दशमलव चार अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ३५ दशमलव सात अंकले ओरालो लागेर नौ हजार चार सय ८१ दशमलव ८० अंकमा झरेको छ ।

यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः ११ दशमलव नौ, १५, सात दशमलव २२ र दुई दशमलव ७६ अंकले ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक भने यसदिन ३४ दशमलव ५४ अंकले उकालो लागेर १८ सय ८१ दशमलव ४१ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि आठ दशमलव सात अंकले उकालो लागेर १३ सय १७ दशमलव १३ अंकमा चढेको छ । यीबाहेक फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव एक र शून्य दशमलव १३ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा परेको कामना सेवा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ८७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर एक सय २१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, कर्णाली विकास बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा परेको नेपाल फाइनान्सको सेयर मूल्य छ दशमलव ८७ प्रतिशतले घटेर दुुई सय ४४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्य तीन दशमलव २४ प्रतिशतले घटेर एक सय ७९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक पाँचथर पावर कम्पनी, युनाइटेड फाइनान्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ५१ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड २४ लाख ३५ हजार एक सय ३६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको दुई सय ४३ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ७८ लाख ६३ हजार दुुई सय ७० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक अपी पावर लिमिटेड, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया