Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभारतबाट माछापुच्छ्रे बैंकमा अतिरिक्त शुल्कबिना नै पैसा पठाउन सकिने

भारतबाट माछापुच्छ्रे बैंकमा अतिरिक्त शुल्कबिना नै पैसा पठाउन सकिने


काठमाडौँ ।
भारतबाट माछापुच्छ्रे बैंकमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने भएको छ । बैंकले रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरूले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिनाकुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो ।

चाडबाडको समयलाई लक्षित गरी यही असोज १२ गतेदेखि दुुई महिनासम्म भारतमा रहेका नेपालीहरूले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने छ । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रेका एक सय ६० शाखा, एक सय ३३ शाखारहित बैंकिङ सेवालगायत देशभर रहेका १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराइसम्म आफ्ना एक सय ६० वटा शाखाहरू, एक सय ३३ शाखारहित बैकिङ सेवा र पाँचवटा एक्सटेन्स काउन्टर समेत गरी जम्मा दुुई सय ९८ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९९ वटा एटीएमहरू तथा एक हजारभन्दा बढी पीओएसमार्फत ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पणर््ूा बंैकिङ सुविधा प्रदान गरिहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया