Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसियन लाइफका सञ्चालक प्रधानाङ्गद्वारा राजीनामा

एसियन लाइफका सञ्चालक प्रधानाङ्गद्वारा राजीनामा


काठमाडौँ ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक श्रीमती शिल्पा प्रधानाङ्गले राजीनामा दिएकी छिन् । कम्पनीका अनुसार उनले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएकी हुुन् । सञ्चालक प्रधानाङ्गले दिएको राजीनामालाई कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको एक सय ५३औं बैठकले स्वीकृत गरेको छ । कम्पनीका अनुसार सञ्चालक प्रधानाङ्गले संस्थापक सेयरधनी समूह गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको तर्फबाट उक्त कम्पनीमा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।

हाल चुक्ता पुँजी दुई अर्ब एक करोड सात लाख ६० हजार सात सय २० रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १८ करोड १८ लाख ६३ हजार दुई सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १० करोड १९ लाख २६ हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया