Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारब्रोकर एसोसिएसनद्वारा १० सदस्यीय कार्यसमिति चयन

ब्रोकर एसोसिएसनद्वारा १० सदस्यीय कार्यसमिति चयन


काठमाडौँ ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नयाँ कार्य समिति चयन गरेको छ । संघको शुुक्रबार सम्पन्न भएको २६औं वार्षिक साधारणसभाले सन्तोष मैनालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिती चयन गरेको हो । संघका अनुसार निर्वाचित कार्यसमितिले शुुक्रबारबाट नै कार्यभार सम्हालेका छन् । निर्वाचित कार्यसमितिमा सन्तोष मैनाली अध्यक्ष, धर्मराज सापकोटा उपाध्यक्ष, गुणानिधि भुसाल महासचिव, भत्तिराम घिमिरे कोषाध्यक्ष, रमणदेव पन्त सचिव, फणिन्द्र ढकाल सदस्य, रविन्द्रप्रसाद न्हुन्छे प्रधान सदस्य, मदन पौडेल सदस्य, मित्रलाल श्रेष्ठ सदस्य र सुयोग अधिकारी सदस्य रहेका छन् । सभाले आर्थिक वर्ष २०७७।७८ को कार्यसमितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा संघको वासलातसहितको लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया