Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघोडाघोडी लघुवित्तको सेयर कारोबार रोक्का

घोडाघोडी लघुवित्तको सेयर कारोबार रोक्का


काठमाडौं ।
घोडाघोडी लघुुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार उक्त संस्थाको यही कात्तिक २१ गते प्राप्त भएको पत्रअनुसार घोडाघोडी लघुुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली २०७३ अनुसार यही कात्तिक २३ गते अर्थात् आइतबारदेखि घोडाघोडी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिएको हो ।

नेप्सेका अनुसार कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको घोडाघोडीको कारोबार रोकिनुअघि प्रतिकित्ता आठ सय ३० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । बजार पुँजीकरण २२ करोड ९२ लाख ८७ हजार पाँच सय रुपैयाँ पुुगेको संस्थाको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई करोड ७६ लाख २५ हजार रुपैयाँबराबरको दुई लाख ७६ हजार दुई सय ५० कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया