आईसीएफसी फाइनान्सले १५ प्रतिशत लाभांश दिने

काठमाडौं ।
आईसीएफसी फाइनान्सले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हालसम्म कायम रहेको चुक्ता पुँजी ९२ करोड ६५ लाख दुुई हजार रुपैयाँबाट १५ प्रतिशतको अनुपातमा १३ करोड ८९ लाख ७५ हजार तीन सय रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सका अनुसार घोषित लाभांशमध्येमा चुक्ता पुँजीको १० दशमलव ५० प्रतिशत अर्थात् नौ करोड ७२ लाख ८२ हजार सात सय १० रुपैयाँबराबरको बोनस सेयर र चुक्ता पुँजीको चार दशमलव ५० प्रतिशत अर्थात् चार करोड १६ लाख ९२ हजार पाँच सय ९० रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको यही मंसिर २१ गते बसेको सञ्चालक समितिको दुुई सय ७१औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया