Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिर्जना फाइनान्सले १४ दशमलव २७ प्रतिशत लाभांश दिने

सिर्जना फाइनान्सले १४ दशमलव २७ प्रतिशत लाभांश दिने


काठमाडौं ।
सिर्जना फाइनान्सले १४ दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ८४ करोड ७८ लाख ३८ हजार आठ सय ८० रुपैयाँमध्येबाट १४ दशमलव २७ प्रतिशत अर्थात् १२ करोड नौ लाख ५४ हजार सात सय ६७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा चुक्ता पुँजीको १३ दशमलव ५९ प्रतिशत अर्थात् ११ करोड ५१ लाख ९५ हजार १७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि ५७ लाख ५९ हजार सात सय ५१ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी फाइनान्सको बिहीबार बसेको दुई सय ३७औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया