Techie
वित्त पूँजी बजार

सानिमा बैंकको पोखरा शाखाद्वारा हिमालय आँखा अस्पताललाई सहयोग

काठमाडौं, पुस २१
सानिमा बैंक बैंकले आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकको पोखरास्थित न्यूरोड शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यही पुुस १९ गते शनिबार पोखरा मनपा वडा नं. १७, घारीपाटन स्थित हिमालय आँखा अस्पतालमा आउने दैनिक करिब पाँच सय जना आँखासम्बन्धी बिरामीहरू एवं अस्पतालका कर्मचारीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको हो ।

उक्त मेसिन बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्वारा अस्पतालका प्रमुख मेडिकल डाईरेक्टर डा. इन्द्रमान मर्हजनलाई हस्तान्तरण गरिएको हो । साथै, बैंकको प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरूमा पनि थप आवश्यक सहयोगहरू उपलब्ध गर्दै जाने बताए । त्यसैगरी हिमालय आँखा अस्पतालका प्रमुख मेडिकल डाईरेक्टर डा. मर्हजनले सानिमा बैंकको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । बैंकको हाल ७९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटीएम रहेको छ ।

तपाइको प्रतिकृया

यो पनि पढनुहोस