Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआधा दर्जन कम्पनीको बोनस सेयर सूचीकृत

आधा दर्जन कम्पनीको बोनस सेयर सूचीकृत


काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा आधा दर्जन कम्पनीहरूको बोनस सेयर सूचीकृत भएका छन् । नेप्सेका अनुसार सोमबार नियमित कारोबारका लागि विकास बैंक, लघुवित्तसहितका छवटा कम्पनीहरूको बोनस सेयर सूचीकृत भएका हुन् ।

सोमध्ये मुक्तिनाथ विकास बैंकको ११ दशमलव २५ प्रतिशतको अनुपातमा ४८ लाख ६५ हजार छ सय १३ दशमलव १७ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने लक्ष्मी लघुुवित्त वित्तीय संस्थाको पनि १५ प्रतिशतको अनुपातमा चार लाख १७ हजार चार सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीको पनि सात प्रतिशतको अनुुपातमा सात लाख १७ हजार दुुई सय ५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको पनि पाँच प्रतिशतको अनुपातमा चार लाख ९९ हजार एक सय ६२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सोही दिन हिमालयन डिष्ट्रिलरी प्रालिको पनि ५० प्रतिशतको अनुपातमा २८ लाख ९२ हजार तीन सय ४१ दशमलव २५ कित्ता बोनस सेउर सूचीकृत भएको छ । यसैगरी कामना विकास बैंकको पनि चार दशमलव ४० प्रतिशतको अनुपातमा ११ लाख १७ हजार छ सय ८३ दशमलव ७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया