Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई होटल सबरीनामा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई होटल सबरीनामा विशेष छुट


काठमाडौं ।
मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले होटल सबरीनामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकहरूलाई थप सेवा दिन बुढानिलकण्ठस्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेपश्चात् ग्राकहरूले यस्तो सुविधा पाउने भएका हुुन् । सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले होटल सबरीनाबाट होटल बसाइ, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि बैंकले गरेको छ । बंैकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६१ करोड ५५ लाख ७३ हजार पाँच सय दुुई रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४७ करोड २५ लाख १२ हजार ५७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी चार अर्ब ८१ करोड १५ लाख ५० हजार आठ सय तीन रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ७४ अर्ब ८७ करोड २० लाख ४६ हजार पाँच सय ७१ रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब २७ करोड ४० लाख ४१ हजार तीन सय रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा एक अर्ब १६ करोड २४ लाख ३८ हजार आठ सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यस अवधिमा चार दशमलव ९९ प्रतिशत स्प्रेड दर रहेको बैकको वितरणयोग्य नाफा भने ५२ करोड ५५ लाख १० हजार एक सय सात रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ५७ अर्ब ३१ करोड आठ लाख ६२ हजार सात सय एक रुपैयाँ निक्षेपं संकलन गरी ४७ अर्ब ६६ करोड नौ लाख चार हजार छ सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब नौ करोड ८७ लाख ४९ हजार छ सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ६६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया