Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न नियुक्त ग-यो बिक्री प्रबन्धक

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न नियुक्त ग-यो बिक्री प्रबन्धक


काठमाडौं  ।
सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । आज काठमाडौँमा भएको एक कार्यक्रमका बीच सर्वोत्तमले आईपीओ जारी गर्न ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । साथै कम्पनीले आजै प्रभु क्यापिटल र एनआईबीएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ ।

सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी अन्तिम गरेको छ । आईपीओ जारी गरेको ३ महिनाभित्रै ३५ प्रतिशतसम्म लाभांश दिने समेत कम्पनीले दाबी गरेको छ । तीन अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर संस्थागत लगानीकर्ता, स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो ।

कुल ६० लाख कित्ता सेयरमध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि, आठ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता सेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको कम्पनीले जनाएको छ । न्यूनतम ६० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीको आन्तरिक मूल्यांकनका आधारमा न्यूनतम सेयर मूल्य सात सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट अझ बढ्न सक्ने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बैंक बित्त बजार

तपाईको प्रतिक्रिया