Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी

चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषद्को अध्यक्षमा चयन भएका हुन् । परिषद्ले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ  । परिषद्मा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेतलगायत छन् । परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यावसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा तीन दशकदेखि सक्रिय रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया