Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीका नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी

शाओमीका नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ल्याएको ‘नयाँ साल–नयाँ नोट’ नामक विशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले शाओमी फ्यानहरूको अनुरोधलाई सम्बोधन गर्दै यो अफर बिस्तार गर्ने निर्णय गरेको हो ।

रेड्मी नोट १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ । यस योजनाअनुसार रेड्मी नोट १३ को खरिद गर्ने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसै रेड्मी नोट १३ प्रो +५ जी खरिद गर्ने ग्राहकहरूले भने रेड्मी बड्स ४ एक्टिभ मात्र एक हजार छ सय ९९ रुपैयाँमा वा रेड्मी वाच तीन एक्टिभ तीन हजार चार सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत रेड्मी नोट १३ प्रोको दुवै भेरियन्टहरूमा भने भारी छुटको व्यवस्था गरिएको छ । ८ जीबी÷२५६ जीबी भेरियन्ट अब नेपाली बजारमा ३२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ, यसको वास्तविक बजार मूल्य ३४ हजार नौ सय ९९ रुपैयाँ छ । त्यसैगरी १२ जीबी÷५१२ भेरियन्ट ३५ हजार नौ सय ९९ रुपैयाँमा नै उपलब्ध छ, जसको बजारी मूल्य ३९ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेड्मी नोट १३ सिरिजअन्तर्गत रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जी गरेर तीन प्रकारका फोनहरू उपलब्ध छन् ।

रेड्मी नोट १३ मा एक सय २० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामरासहित उपलब्ध छ । त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ल फिङ्गर प्रिन्ट सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसर छ । रेड्मी नोट १३ प्रो प्लस ५ जीमा भने दुई सय मेगापिक्सेल ट्रिपल क्यामेरा, कभर्ड डिस्प्ले, आईपी ६८ रेटिङ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया