Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक


काठमाडौं । जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टीभीएस आइक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालीहरूलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यही विषयलाई सम्बोधन गर्दै टीभीएसले आइक्युबमार्फत नेपालमा इलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ ।

ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आइक्युबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टीभीएस आइक्युब र टीभीएस आइक्युब एस गरी टीभीएस आइक्युबका दुई मोडलहरू उपलब्ध हुनेछ । मात्रै दुई लाख ९९ हजार नौ सय रुपैयाँमा टीभीएस आइक्युब खरिद गर्न सकिने कम्पनीले जनाएको छ । टीभीएस आइक्युबका दुई पाङ्ग्रे सवारी साधनहरूले नेपालमा चार लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार दुई सय ७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार सात सय ६२ किलो कार्बन उत्सर्जन हुन रोकेको छ । विश्वमा टीभीएस आइक्युबका करिब तीन लाख ग्राहकहरूले करिब एक दशमलव नौ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९ हजार पाँच सय ९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले लाइफटाइम ब्याट्री एस्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीयरूपमा वृद्धि हुने बताए । ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आइक्युबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा एक लाख ३५ हजार रुपैयाँ बचत गर्न सफल हुने उनले बताए । उनका अनुसार पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । नेपालमा ३३ डिलरहरूमा आइक्युब उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया