Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएयरपोर्टमा इडुरोम सञ्चालनमा ल्याइने

एयरपोर्टमा इडुरोम सञ्चालनमा ल्याइने


काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा इडुरोम सञ्चालन गरिने भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनरेन) बीच इडुरोम सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका हुन् ।

एनरेनले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई वर्डलिंकमार्फत निःशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको जनाइएको छ । एनरेनले यो सेवा दिन थालेको धेरै वर्ष भइसक्दा पनि नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझैसम्म पनि पौराणिक शिक्षण विधि अपनाइएको कारण यो सेवाबारे धेरै संस्थाहरू अनभिज्ञ छन् । देश कोभिड महामारीले आक्रान्त भई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न असम्भव हुँदा एनरेनले शिक्षण संस्थाहरूलाई जुमको प्रयोग गरी अनलाइन कक्षा लिने सेवा दिन थालेपछि यस सञ्जालबारे उत्सुकता बढ्न सुरु भएको थियो । यसपछि एनरेनको सदस्य संख्यामा छोटो समयमै उल्लेख्य वृद्धि भएको थियो । कोभिड महामारीको प्रभाव घटेपछि पनि एनरेनले आफ्नो सेवा निरन्तर दिइरहेको छ । पछिल्लो समयमा एनरेनको सदस्य संख्यामा विस्तारै वृद्धि भएको छ ।

विश्वका शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूको इन्टरनेटजस्तै एउटा छुट्टै सञ्जाललाई इडुरोम भनिन्छ । शिक्षण, अनुसन्धान तथा पेशागतरूपमा बढी प्रयोग हुने यस इडुरोम प्रयोग गर्दा आफ्नो कम्प्युटरमा भाइरस सर्ने सम्भावना न्यून रहन्छ । इडुरोम सेवा आफ्नो मोबाइल वा कम्प्युटरमा छ भने विश्वका कुनै पनि नाम चलेका विमानस्थल, विश्वविद्यालय र अनुसन्धान निकायमा जाने बित्तिकै लग–इन नगरिकनै आफैँ कनेक्ट हुन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया