Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक सय २५ दिने निक्षेपमा एनएमबी बैंकको आकर्षक योजना

एक सय २५ दिने निक्षेपमा एनएमबी बैंकको आकर्षक योजना


काठमाडौं ।
हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबीले उच्चतम ब्याज प्रदान गर्दै आइरहेकोे छ । माघ महिनादेखि सबैभन्दा बढी ब्याज दिन लागेको एनएमबी बैंकले अब नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई एक सय २५ दिने मुद्दतीमा सात दशमलव २५ प्रतिशतसम्म वार्षिक ब्याजदर (शून्य दशमलव पाँच प्रिमियमसहित) तोकेको छ ।

हाल मुख्यतया बैंकहरू कर्जा सापटीमा केन्द्रित रहेको देखिए पनि एनएमबीले भने साना निक्षेपकर्ताहरूलाई बचत गर्न प्रोत्साहन गर्नेगरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको हाल देशभरिका एक सय ८० शाखाहरूमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरू साथै देशभरिका एक सय ३६ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया