Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट बैंकको डिजिटल वालेट ‘थैली’

नेपाल इन्भेष्टमेन्ट बैंकको डिजिटल वालेट ‘थैली’


काठमाडौं ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नै डिजिटल वालेट ‘थैली’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार अहिलेको परिस्थितिमा ग्राहकलाई भौतिक रूपमा बैंक र एटीएमसम्म आइरहनुपर्ने अवस्थालाई कम गर्न यो डिजिटल वालेट सञ्चालनमा ल्याइएको हो । यो वालेटबाट ग्राहकले सजिलै आफ्नै स्मार्टफोनबाट पैसा पठाउन सक्ने बैंकले जनाएको छ ।

हालै राष्ट्रले बैंकले मोबाइल बैंकिङबाट पठाउन मिल्ने नगदको सीमा बढाएको केही हप्तामै बैंकले आफ्नो डिजिटल वालेट ‘थैली’ सञ्चालनमा ल्याएको हा । यो वालेटमार्फत बैंकका ग्राहकले सजिलै र सुरक्षित तरिकाले पैसा पठाउन, पाउन र खाता विवरण हेर्नसक्ने बैंकले जनाएको छ । यसबापत कुनै शुल्क नलाग्ने पनि बैंकले स्पष्ट पारेको छ ।

थैलीको मोबाइल एप र वेब पोर्टल थैली डट कम डट एनपीमार्फत ग्राहकले आफ्नो बैंक खाता लिंक गर्नसक्ने बैंकले जनाएको छ । थैली वालेट प्रयोगले निःशुल्करूपमा आपसमा रकम लेनदेन गर्नसक्ने पनि बैंकले जनाएको छ । थैली वालेटमार्फत विभिन्न पीटूपी फन्ड ट्रान्सफर, क्यासइन, क्यास आउटलगायतका कार्य अन्य एजेन्ट नेटवर्क, एजेन्स र मर्चेन्टहरूबाट रकम पठाउने र पाउने सुविधा छिटै थपिने बैंकले जनाएको छ ।

यसैगरी बैंकले थैली ओभर ड्राफ्ट कर्जा सेवा पनि सार्वजनिक गरेको छ । यो कर्जा सेवाको मुख्य उद्देश्य भनेको साना तथा मझौला उद्यम कर्जा, किराना स्टोरहरूलाई ओभरड्राफ्ट, मर्चेन्ट र साना व्यवसायीहरूलाई कर्जा सुविधा दिनु नै रहेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया