Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम

नेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम


काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मिलियन डलर राउन्ड टेवल (एमडीआरटी) बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको छ । राजधानीको हायात होलटमा शुक्रबार आयोजित एक भव्य समारोहका बीच उक्त सम्मान गरेको हो । विश्वका अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था एमडीआरटी २०२१ मा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्ताहरूलाई सम्मान गरेको हो । कम्पनीले खादा, माला, प्रसंशापत्रसहित सो सम्मान गरेको हो । कम्पनीमा कार्यरत दुई सय ३८ जना एमडीआरटी, २० जना कोर्ट द टेवल (सीओटी) र नौजना टप अफ दि टेवल (टीओटी) गरी दुई सय ६७ जना अभिकर्ताहरू एमडीआरटी २०२१ मा सहभागी हुनयोग्य भएका छन् ।

कार्यक्रममा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उपप्रमुख कार्यकारी अधिकृत चौधरीले एमडीआरटीजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा कम्पनीका तर्फबाट अभिकर्ताहरूले सहभागिता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए । त्यसैगरी कम्पनीका उपमहाप्रबन्धक उमापति पोखरेलले एमडीआरटी २०२१ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ सफलताको सिँडी चढ्दै जानुहोस् भनी शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गरे । समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए ।

पेसागत बीमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बीमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरूलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यसप्रकारका कार्यक्रमले अभिकर्ताहरूमाझ जोस र जाँगरको ऊर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पेसागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्दप्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रूपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरूले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया