Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररोल्पामा ग्लोबल आईएमई बैंकका दुई नयाँ शाखारहित बैंकिङ सेवा

रोल्पामा ग्लोबल आईएमई बैंकका दुई नयाँ शाखारहित बैंकिङ सेवा


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले रोल्पामा दुई नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुई सय ५५ पुगेको छ ।

बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. १, घोडागाउँ र वडा नं. ८, अरेस बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएका छन् । घोडागाउँमा खोलिएको सेवाको लागि मधु केसी र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुनः मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया