Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २४ सय ७५ दशमलव नौ बिन्दुमा

बजार परिसूचक २४ सय ७५ दशमलव नौ बिन्दुमा

सातामा २० अर्ब ६१ करोड ३१ लाखको सेयर खरिदबिक्री


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २४ सय ७५ दशमलव नौ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४४ दशमलव १५ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय १६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ६२ हजार दुई सय ६१ पटकको कारोबारमा चार करोड ८८ लाख पाँच हजार सात सय २८ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २० अर्ब ६१ करोड ३१ लाख ८९ हजार नौ सय ६५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय ११ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ५३ हजार पाँच सय नौ पटकको कारोबारमा तीन करोड २० लाख ७८ हजार एक सय २२ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १३ अर्ब ८५ करोड ८५ लाख ८० हजार नौ सय ६४ रुपैयाँ पुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने तेस्रो, चौथो र पाँचौँ दिन बजार परिसूचक उकालो लागेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक ५१ दशमलव २३ अंकले ओरालो लागेर २४ सय सात दशमलव २५ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव एक अंकले ओरालो लागेर चार सय ३५ दशमलव १३ बिन्दुमा झरेको थियो ।

दोस्रो दिन पनि बजार परिसूचक पुुनः १८ दशमलव सात अंकले ओरालो लागेर २३ सय ८९ दशमलव १९ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव सात अंकले ओरालो लागेर चार सय ३० दशमलव पाँच बिन्दुमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक दुई दशमलव ५६ अंकले उकालो लागेर दुई हजार तीन सय ९१ दशमलव ७४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ४४ अंकले उकालो लागेर चार सय ३० दशमलव ४९ बिन्दुमा चढेको थियो ।

चौथो दिन पनि बजार परिसूचक ४० दशमलव चार अंकले उकालो लागेर दुई हजार चार सय ३२ दशमलव १४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ११ अंकले उकालो लागेर चार सय ३८ दशमलव ६० बिन्दुमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक ४२ दशमलव ९५ अंकले उकालो लागेर दुई हजार चार सय ७५ दशमलव नौ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५५ अंकले उकालो लागेर चार सय ४४ दशमलव १५ बिन्दुमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल बंगलादेश बैंक आदिको बढी रकम कारोबार भएको छ । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेसनल हाइड्रोपावर कम्पनी अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरू अगाडि परेका छन् ।

सातामा झण्डै एक दर्जन कम्पनीहरूको सेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यससाता झण्डै एक दर्जन कम्पनीहरूको सााधरण, बोनस तथा हकप्रद सेयर सूचीकृत भएका छन् । नेप्सेमा अनुसार वाणिज्य बैंक, लघुवित्त, हाइड्रोपावर कम्पनीसहितका कम्पनीहरूको सेयर नियमित कारोबारका लागि सूचीकृत भएका हुन ।

समध्ये ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको एक करोड ८० लाख लाख कित्ता साधारण सेयर नियमित कारोबारका लागि सूचीकृत भएको छ भने हिमालयन बैंकको पनि एक करोड ३१ लाख २१ हजार एक सय ९४ कित्ता बोनस सेयर नियमित कारोबारको लागि नेप्सेमा सूचीकृत भएको छ । यसैगरी ग्लोबल आईएमई बैंकको पनि १४ प्रतिशतको अनुपातमा दुई करोड ६५ लाख ६६ हजार हजार दुई सय ३१ दशमलव आठ कित्ता बोनस सेयर सूचीकृत भएको छ । लुम्बिनी विकास बैंकको पनि यो साता सात प्रतिशतको अनुपातमा १९ लाख एक हजार चार सय १८ दशमलव २१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाको पनि दुई दशमलव पाँच प्रतिशतको अनुपातमा १५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । यि बाहेक नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार पाँच सय ८२ कित्ता बोनस सेयर र २२ हजार आठ सय २९ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने सेञ्चुरी कमर्सियल बैंकको पनि ६१ लाख ८९ हजार पाँच सय ७९ दशमलव २६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको पनि एक लाख २१ हजार कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको नेप्सेले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया