Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक्सेल डेभलपमेन्ट बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता


काठमाडौं ।
एक्सेल डेभलपमेन्ट बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भएको छ । एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको अजेन्डा अनुमोदन गरेको थियो । बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद निष्काशनको अजेन्डा पारित गरेको छ ।

यो हकप्रद एक सय अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार तीन सय ६७ रूपैयाँ ४२ पैसाबराबरको हुुनेछ । जसअनुसार बैंकले २४ लाख ३३ हजार तीन सय ६३ दशमलव ६७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । नियुक्तिसम्बन्धी एक्सेल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया