Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

लुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने


काठमाडौं ।
लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ११ करोड ४१ लाख ८० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको यही वैशाख दुुई गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो ।

कम्पनीका अनुसार घोषित लाभांशमध्येमा पाँच प्रतिशत अर्थात् पाँच करोड ७० लाख ९० हजार रुपैयाँबराबरको बोनस सेयर र पाँच प्रतिशत अर्थात् पाँँच करोड ७० लाख ९० हजार रुपैयाँबराबरको नगद लाभांश रहेको छ । उक्त लाभांश नियमनकारी नियका बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया