Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअपर सोलु हाइड्रोद्वारा ३३ करोड रुपैयाँबराबरको साधारण सेयरको लागि आवेदन

अपर सोलु हाइड्रोद्वारा ३३ करोड रुपैयाँबराबरको साधारण सेयरको लागि आवेदन


काठमाडौं ।
अपर सोलु हाइड्रोपावर कम्पनीले ३३ करोड सात लाख ५० हजार रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ ।

बोर्डका अनुसार उक्त कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ३३ लाख सात हजार पाँच सय कित्ता साधारण सेयर निष्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने एनएमबी क्यापिटल लिमिटेड रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया