Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको ब्याजमा ‘नयाँ वर्ष’ अफर

लक्ष्मी बैंकको ब्याजमा ‘नयाँ वर्ष’ अफर


काठमाडौं ।
लक्ष्मी बैंकले चार दशमलव पाँच प्रतिशत ब्याजदर कायम रहेको ‘नयाँ वर्ष’ अफर सार्वजनिक गरेको छ । बैंकले चार दशमलव पाँच प्रतिशत ब्याजदर भएको अरेन्ज सेभिङ प्लस खाता सञ्चालनमा ल्याएको हो ।

लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब चार दशमलव पाँच वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । अरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले एक लाखसम्मको वार्षिक स्वास्थ्य बीमा र १० लाखसम्मको दुर्घटना मृत्यु, अक्षमता बीमा सुविधा पाउन सक्नेछन् ।

यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपालभरि कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने बैंकले जानकारी दिएको छ ।

अझ नयाँ वर्षको अफरअन्तर्गत वैशाख महिनाभरि अरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरूले लक्ष्मी बैंकको प्रि–पेड डलर कार्ड अरेन्ज कार्ड निःशुल्क प्राप्त गर्नेछन् । सो अफर अरेन्ज सेभिङ प्लस खाता भएका वर्तमान ग्राहकहरूको लागि पनि लागू हुनेछ ।

यसैगरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरूको लागि ल्याइएको विशेष खाता ‘शुभश्री लक्ष्मी बचत खाता’मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा चार दशमलव पाँच प्रतिशतको उच्च ब्याजदर प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया