Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएकै दिन १४ अर्ब ७६ करोड बढीको सेयर कारोबार

एकै दिन १४ अर्ब ७६ करोड बढीको सेयर कारोबार


काठमाडौँ । सेयर बजार परिसूचक सामान्य अंकले ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक एक दशमलव दुुई अंकले ओरालो लागेर २८ सय १५ दशमलव ३९ अंकमा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २८ अंकले ओरालो लागेर पाँच सय तीन दशमलव ७० अंकमा झरेको छ । यी दुुवै सूचकमा सामान्य अंकले गिरावट देखिए पनि यस दिन कारोबार रकमले भने हालसम्मकै उच्च रेकर्ड बनाएको छ ।

यस दिन १३ वटा उपसमूहअन्तर्गत दुुई सय १५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट एक लाख चार सय ५७ हजार चार सय ९३ पटकको कारोबारमा चार करोड १८ लाख १३ हजार नौ सय ९४ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट यस दिन कुुल कारोबार रकम १४ अर्ब ७६ करोड ८८ लाख आठ हजार चार सय ९२ रुपैयाँ पुुगेको छ ।

यस दिन कारोबार भएका कुुल उपसमूहरुमध्ये छवटा उपसमूहको सूचक ओरालो लागे पनि बाँकी सातवटा उपसमूहहरुको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक छ दशमलव ४६ अंकले ओरालो लागेर १८ सय ५७ दशमलव पाँच अंकमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि एक सय ३६ दशमलव ३६ अंकले ओरालो लागेर १८ हजार चार सय ३७ दशमलव ७७ अंकमा झरेको छ । यसैगरी होटल तथा पर्यटन उपसमूहको सूचक पनि १४ दशमलव ८३ अंकले ओरालो लागेर तीन हजार तीन सय ८२ दशमलव २८ अंकमा झरेकोमा लघुुवित्त उपसमूहको सूचक पनि एक सय ९१ दशमलव ६९ अंकले ओरालो लागेर पाँच हजार चार सय ३५ दशमलव पाँच अंकमा झरेको छ । यीबाहेक अन्य र लगानी समूहको सूचकहरु पनि क्रमशः २४ दशमलव दुुई र शून्य दशमलव ६७ अंकले ओरालो लागेका छन् ।

विकास बैंक उपसमूहको सूचक भने एक सय १४ दशमलव तीन अंकले उकालो लागेर तीन हजार चार सय ५० दशमलव १० अंकमा चढेकोमा जलविद्युुत् उपसमूहको सूचक पनि एक सय ३१ दशमलव ७८ अंकले उकालो लागेर तीन हजार १६ दशमलव ४७ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय ४२ दशमलव २९ अंकले उकालो लागेर १४ हजार सात सय ६१ दशमलव ५५ अंकमा चढेकोमा टे«डिङ, फाइनान्स, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि क्रमशः दुई सय ८१ दशमलव ५३, ३६ दशमलव ८१, ३२ दशमलव छ र शून्य दशमलव शून्य आठ अंकले उकालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर दुुई सय ५३ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल हाइड्रो डेभलपर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि १० प्रतिशतले बढेर चार सय ६२ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको समता लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने पाँच दशमलव २३ प्रतिशतले घटेर १६ सय ६८ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको मेरो लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव छ प्रतिशतले घटेर १६ सय ८९ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक एनएमबी माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।

यस दिन अपी पावर लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको एकै दिन प्रतिकित्ता तीन सय ७६ रुपैयाँ अन्तिम मूल्यमा ४३ करोड २८ लाख ३४ हजार चार सय एक रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको पनि प्रतिकित्ता चार सय ६३ रुपैयाँ अन्तिम मूल्यमा ३७ करोड ७४ लाख नौ हजार आठ सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, बुुटवल पावर कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार


तपाईको प्रतिक्रिया