कामना सेवाद्वारा एनआरएन बचत खाता सञ्चालनमा
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ । विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । यसका साथै यस खातामार्फत खोलिने मुद्दती निक्षेपमा शून्य दशमलव पाँच प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ । यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ ।
काठमाडौँको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाले देशका विभिन्न भागमा एक सय २९ वटा शाखा, एउटा विस्तारित शाखा र ७६ वटा एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवातथा सुविधा प्रदान गर्दै आएको छ । बैंकले सोसल मिडिया बैंकिङ, केएस आइमोबाइल जस्ता विभिन्न डिजिटल माध्यमहरूबाट समेत ग्राहकलाई सरल, सहज र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान
- अकबरे खेतीबाट मनग्य आम्दानी
- दक्षिण एसियाली किकबक्सिङ प्रतियोगितामा भाग लिन नौ सदस्यीय नेपाली टोली भुटान प्रस्थान
- स्रोत नखुलेको ६९ लाख रकमसहित तीन जना पक्राउ
- कर्मचारी चार, कार्यक्षेत्र पाँच जिल्ला !
- कर्मचारीको सरुवा-पदस्थापना भदौ २० गतेभित्र गरिसक्न आयोगको निर्देशन
- निर्यातका लागि नयाँ सम्भावनाको खोजी हुनुपर्नेमा जोड
- संघीय सरकारको खर्च २२ अर्ब
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया