प्राइम कमर्सियल बैंक १५औँ वर्षमा
राष्ट्र बैंकको सही नीतिले महामारीमा पनि बैंकहरु ‘सरभाइभ’ भए : प्रमुख कार्यकारी मानन्धर
काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा सफल, सबल, सहज र सरल बैंकको परिचय स्थापित गरेको प्राइम कमर्सियल बैंक वित्तीय कारोबार सञ्चालनको १५औँ वर्षमा प्रवेश गरेको छ । सुरुवाती समयदेखि नै आम नेपाली नागरिकको आफ्नो बैंक भएको अनुभूति दिलाउन सफल भएको बैंकले आजको दिनसम्म आइपुग्दा व्यावसायिक सफलता र सबलतासँगै विशालता पनि कायम गरेको छ ।
चुक्ता पुँजी १६ अर्ब आठ करोड ३० लाख ३६ हजार नौ सय रुपैयाँ रहेको बैंकको देशभर अहिले एक सय ८९ वटा शाखाहरु सञ्चालनमा छन् । एक खर्ब ६० अर्ब रुपैयाँको हाराहारीमा निक्षेप र एक खर्ब ४२ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेको बैंकको अहिले संबै किसिमका गरी कुल ग्राहक संख्य नौ लाख ३३ हजार पाँच सय २७ पुगेको छ । यस अवधिमा चार अर्ब ६९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा सरकारी राजस्वमा दुई अर्ब रुपैयाँ योगदान गरेको छ । सुरुमा एक हजार कित्ता सेयर खरिद गर्ने लगानीकर्ताहरु अहिले ११ हजार चार सय (आर्थिक वर्ष २०७७/०७८ मा थपिनेबाहेक) कित्ता सेयरका मालिक भइसकेका छन् । यस अवधिमा बैंकले लण्डनबाट बेष्ट इन्टरप्राइज अवार्ड २०१६, अमेरिकाबाट द बिज २०१६ (बिजनेस एक्सिलेन्स अवार्ड), फ्रान्सबाट द गोल्डेन युरोप अवार्ड फर क्वालिटी एण्ड कमर्सियल प्रेस्टिज लगायतका अन्तर्राष्ट्रियसहित थुप्रै राष्ट्रिय अवार्डहरु हात पारिसकेको छ ।
‘यी सबै सफलताको पछाडि प्राइम कमर्सियल बैंक परिवार, आम सेयरधनी, लगानीकर्ताहरु, ग्राहक शुभचिन्तन, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक सबैको साथ र सहयोग रहेको छ’, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर भन्छन् । सबैको साथ र सहयोगकै कारण बैंक आजको दिनमा यहाँसम्म आइपुगेको र आगामी समय अझै धेरै माथि पुग्ने उनको भनाइ छ । ‘अहिले हामी कोरोना भाइरस (कोभिड १९) को विश्व महामारीकै अवस्थामा छौँ । अहिले संक्रमण केही कम भए पनि अझै पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । विगतमा धेरै लामो समयसम्म लकडाउन र निषेधाज्ञाका धेरै अनुभवहरु हामीले संगाल्यौँ ।
ती लकडाउन र निषेधाज्ञाले हाम्रो व्यावसायिक दायरामा केही संकुचन आयो । तर नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन र नीतिहरुले सिंगो बैंकिङ प्रणालीलाई निकै राम्रो ग-यो । महामारीको अवधिमा पनि सबै सरभाइभ हुन सके’, प्रमुख कार्यकारी अधिकृत मानन्धर भन्छन् । राष्ट्र बैंकको नीति राम्रो, प्रभावकारी र समयसापेक्ष भएकै कारण कोभिड १९ को विश्व महामारी पनि बैंकहरुले आफूलाई सहजरुपमा राख्नसकेको प्रमुख कार्यकारी मानन्धरले बताए ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया