Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड फाइनान्सको नाफा चार करोड ११ लाख

युनाइटेड फाइनान्सको नाफा चार करोड ११ लाख


काठमाडौं, माघ १४
युनाइटड फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ११ लाख ८७ हजार दुई सय ४५ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा तीन करोड ३३ लाख ४२ हजार ६५ रूपैयाँ रहेको थियो । चुक्तापुँजी एक अर्ब चार करोड आठ लाख ३४ हजार छ सय ४६ रूपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब ८१ करोड ८६ लाख दुुई हजार छ सय ६८ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७४ करोड २२ लाख नौ हजार चार सय २६ रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।

सो अवधिमा १७ करोड ८० लाख २१ हजार छ सय २९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको प्रोभिजन रकम चार करोड ८१ लाख ८७ हजार दुुई सय ४५ रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ५५ करोड ७५ लाख ९३ हजार चार सय १९ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९५ करोड १६ लाख ८२ हजार एक सय ३२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड एक लाख ४३ हजार सात सय १४ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ९९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया