नबिल बैंकद्वारा उद्यमशीलता विकास र दिगो पर्यटन प्रवर्द्धन गर्न सहकार्य
काठमाडौं । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कसँग सम्झौता गरेको छ । कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरबारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदे्श्यका साथ नबिल बैंकले लिएको दिगो बैंकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीयस्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्यपर्यटन प्रवर्द्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग गर्ने बताए ।
कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष ढकालले यो सम्झौताले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय समुदायमा अझ बढी फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने आशा व्यक्त गरे । कम्युनिटी होमस्टे नेटवर्क एक सामाजिक उद्यम हो जसले नेपालमा सामुदायिक होमस्टेहरूको नेटवर्कलाई प्रवर्द्धन गर्दछ । नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौतामार्फत नबिलले उद्यमशीलता विकास र दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा लिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया