Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय सहकारी बैंकको ३ अर्बको तरलता व्यवस्थापन कोष

राष्ट्रिय सहकारी बैंकको ३ अर्बको तरलता व्यवस्थापन कोष


काठमाडौं । सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले तीन अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । वैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैंकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिए ।

बैंकमा आबद्ध भएर कारोबार गरिरहेका र तरलता व्यवस्थापनका कारण समस्यामा परेका सहकारीहरुलाई तत्काल समन्वय गरी संकटबाट जोगाउनका लागि बैंकका सञ्चालक रामहरि बजगाईको संयोजकत्वमा बैकका सातवटै प्रदेशका संयोजकहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदल समेत गठन गरेको छ । सहकारीमा देखिएका समस्याहरु समाधानका लागि जुन प्रदेशमा समस्या आउँछ, त्यो प्रदेशको संयोजक सदस्य रहने गरी गठित कार्यदलले सहकारीमा देखिने समस्याको समाधानका लागि तत्काल समन्वय गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया