Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ

नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ


काठमाडौं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यूआर मर्चेन्टलाई फोन लोनको सुविधा सुभारम्भ गरेको छ । ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ नामको सेवाको सुरुवात्सँगै क्यूआर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितोविना नै नबिल स्मार्ट बैंकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरूलाई लक्षित गरी यो सुविधा ल्याएको हो ।

यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरूले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैंकिङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यूआर कारोबारबाट १० हजारबराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ । ‘यो नबिलले ल्याएको पूर्णरूपमा डिजिटल सेवा हो । हामीले कुनै धितोविना नै क्यूआर कारोबारलाई आधार मानेर हाम्रा क्यूआर मर्चेन्टहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौँ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना बताउँछन् । उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मदत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए ।

सुरुवाती चरणमा व्यवसायीहरूले एक लाखसम्मको विनाधितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जन गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ । यसभन्दा अघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि विना धितो डिजिटल कर्जा सुविधा नबिल फोन लोन ल्याएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया