Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूका ग्राहकहरूलाई मेरो स्टोरमा १० प्रतिशतसम्म छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई मेरो स्टोरमा १० प्रतिशतसम्म छुट


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यो सम्झौतापश्चात् ग्राहकहरूले मेरो स्टोर, बुटवल, रूपन्देहीमा उपलब्ध हुने सेवाहरूमा एकमुष्ट १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोर, बुटवल, रूपन्देहीबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुबिधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले हाल एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया