महुली लघुवित्तको नाफा ५८ लाख २८ हजार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५८ लाख २८ हजार पाँच सय ३७ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ६८ लाख २५ हजार एक सय ६४ रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार चार सय ४० रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ६९ करोड ८३ लाख ६० हजार ४८ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८५ करोड ४ लाख ३० हजार ७४ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ३३ लाख पाँच हजार २९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ६२ प्रतिशत स्प्रेड दर रहेको संस्थाको वितरणयोग्य नाफा भने दुई लाख एक हजार आठ सय ५५ रूपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६४ करोड पाँच लाख ८४ हजार तीन सय ६८ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५० करोड ५९ लाख ६९ हजार एक सय ८५ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ६७ लाख ३२ हजार पाँच सय १८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संथामा दुई दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर सात दशमलव २१ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया